arrow

द्वन्द्वका कारण प्यालेस्टिनी बेरोजगारी दर ७० प्रतिशत

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ८ शुक्रबार
israel-palestine-conflict-g.jpg
तस्बिर – फाइल ।

गाजा । इजरेल–हमास बीचको रक्तपातपूर्ण द्वन्द्वका कारण प्यालेस्टिनीमा बेरोजगारी दर ह्वातै बढेर ७० प्रतिशत पुगेको प्यालेस्टिनी श्रममन्त्रीले बिहीबार बताएका छन् । 

नसरी अबु जैशले एक प्रेस विज्ञप्ति जारी गरी भने, “हामीले दशौँ हजार भवन र आवासीय एकाइहरूमा लगातार हिंस्रक बम विष्फोटको परिणाम स्वरूप हजारौँ कार्यबल र रोजगारदाताहरू गुमायौँ ।”

“हाल ३६ लाखभन्दा बढी प्यालेस्टिनी कामदारहरू बेरोजगार भएका छन्, जसमध्ये ठूलो हिस्सा घरबारविहीन छन्,”जैशले भने ।  

उनले भने, “यसबाहेक, इजरेलले गाजाबाट चार हजार कामदारहरूलाई गिरफ्तार गर्यो, हजारौँ कामदारहरूलाई बर्खास्त गर्यो, र धेरैलाई थुनामा र अनुसन्धानको अधीनमा परेपछि अन्य धेरैलाई वेस्ट बैंकमा निष्कासित गरेको थियो ।”
 
अक्टोबर ७ मा दक्षिणी इजरेलमा हमासको एक्कासी आक्रमणको बदलास्वरूप इजरेलले तत्काल गाजामा व्यापक हवाई तथा स्थल आक्रमण शुरु गरेको छ । इजरेलले प्यालेस्टिनी तटीय क्षेत्रमा कडा नाकाबन्दी लगाएको छ भने गाजामा बिजुली, पानी र खाद्यान्नको आपूर्ति बन्द गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ