arrow

आफ्नै घाँटी काटेर मातालाई बलि दिएपछि

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ८ शुक्रबार
siddhapith-manasil-mata-india.jpg

नयाँदिल्ली । भारतस्थित झाँसीको बरुसागरको प्रसिद्ध सिद्धपीठ मंसिल माताको मन्दिरमा पूजा गर्न एक युवक पुगे अनि उनले पहिले पूजा गरे र त्यसपछि  घाँटी अर्पण गरेर आफैँलाई बलिदिने प्रयास गरे । 

युवकको घाँटी काटेको खबर प्राप्त हुनासाथ क्षेत्रमा सनसनी मच्चिएको छ । त्यसपछि युवकलाई हेर्न माता मन्दिरमा भीड जम्मा भएको थियो । घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै स्थानीय प्रहरी चौकी घटनास्थलमा पुगेको थियो ।

त्यसपछि प्रहरी चौकी इन्चार्ज प्रमेन्द्र कुमारले गम्भीर घाइते युवकलाई एम्बुलेन्सको सहयोगमा मेडिकल कलेज पठाएका थिए ।

वास्तवमा झाँसीको बरुसागरमा एक युवकले घाँटी काटेर देवी कालीमा बलि चढाउने प्रयास गरेका छन् । युवकको नाम नीरज रहेको प्रहरीले जनाएको छ । 

नीरज राईकवार भानगुवा निवासी भएको प्रहरीले जनाएको छ । घाइते युवकको अवस्था चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ ।

मेडिकल कलेजमा उपचार भइरहेको छ । झाँसी शहरको मानसिल माता मन्दिर र प्रहरी चौकी बरुसागरमा एक व्यक्तिले देवीलाई बलि चढाएको घटनामा घाइते युवकले देवीले आफूसँग बलि मागेको बताएका छन् ।

युवकको अवस्था निकै गम्भीर रहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ