arrow

इजरेल-हमास युद्ध विराम, आजबाट बन्धक रिहाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ८ शुक्रबार
isreal-drone-missile-2022.jpg

काठमाडौँ । गाजा युद्धविराम र बन्धक रिहाई आजबाट शुरु हुने कतारको विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् । "युद्धविराम शुक्रबार बिहान ७:०० बजेदेखि शुरु हुनेछ ... र नागरिक बन्धकहरूको पहिलो समूहलाई सोही दिन लगभग ४:०० बजेसम्म सुम्पिइनेछ," प्रवक्ता माजेद अल-अन्सारीले उल्लेख गरेका छन् । 
 
शुरुमा १३ जनालाई रिहा गरिने छ, ती सबै महिला र बालबालिका एउटै परिवारका हुन् । प्रवक्ताका अनुसार प्रत्येक दिनमा चार दिन भित्र सहमति भएका जम्मा ५० जनालाई रिहाइ गरिने छ।

गत अक्टोबर ७ देखि युद्धमा रहेका इजरेल र हमासले बुधबार चार दिने युद्धविरामको क्रममा कम्तिमा ५० बन्धक र सयौं प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने सम्झौताको घोषणा गरेका थिए।

कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाद्वारा सहजीकरण गरिएको यो सम्झौता विस्तार र फराकिलो हुन सक्ने बताइएको छ । यो सम्झौता गाजामा रहेका २४ लाख जनतालाई सहायता प्रदान गर्ने उद्देश्यले पनि प्रेरित छ ।

इजरेली अधिकारीहरूले लगभग १ हजार २०० व्यक्तिहरू मारिएको र लगभग २४० जनालाई बन्धक बनाएको बताएका छन्।

गाजा पट्टीमा हमास सरकारका अनुसार त्यसबेलादेखि निरन्तर इजरेली बमबारी र भूमि आक्रमणले १४ हजारभन्दा बढी मानिसहरूको ज्यान लिइसकेको छ जसमा अधिकांश महिला र बालबालिका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ