arrow

राष्ट्रपतिले प्रथम महिलाका साथ गरे तुलसीको विशेष पूजा [तस्बिरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ७ बिहिबार
tulsipuja-ramchandra-2080-08-07.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्वका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विशेष पूजा अर्चना गरेका छन् । 

राष्ट्रपति निवास शीतल निवासमा उनीहरूले आज तुलसीको विशेष पूजा अर्चना गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने प्रचलन रहेको छ । 

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाउने गरिन्छ ।

tulsipuja-ramchandra-poudel (4).jpg
tulsipuja-ramchandra-poudel (5).jpg
tulsipuja-ramchandra-poudel (1).jpg
tulsipuja-ramchandra-poudel (2).jpg
tulsipuja-ramchandra-poudel (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ