arrow

विद्यालयमा इजरेली आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ५ मंगलबार
israel-gaza-2080-07-19.jpg

काठमाडौँ । मध्य गाजाको अल-बुरेइज शिविरमा रहेको प्यालेस्टाइन शरणार्थीहरूका लागि युएन रिलिफ एण्ड वर्क्स एजेन्सीको एक विद्यालयमा इजरेली आक्रमणमा कम्तीमा १२ प्यालेस्टाइनीको मृत्यु भएको छ । 

सो आक्रमणमा दर्जनौं घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी गराएको छ । 

"इजरेली तोपखानाले हजारौं विस्थापित मानिसहरू बस्ने विद्यालयमा आक्रमण गरेर महिला र बालबालिका सहित १२ प्यालेस्टिनीहरूलाई मारेको मन्त्रालयले जनाएको छ।

विद्यालयमा संयुक्त राष्ट्रसंघको फहराइएको भए पनि इजरेली सेनाले गाजाका विभिन्न यस्ता विद्यालयमा आक्रमण गरेको सञ्चार माध्यमले जनाएका छन् ।

"हालको हमास-इजरेल द्वन्द्व शुरु भएदेखि ७० भन्दा बढी यस किसिमका संस्थाहरू र विद्यालयहरू इजरेली आक्रमणमा परेका छन् ।

एजेन्सीका १०४ कर्मचारीको मृत्यु भएको छ यो सङ्ख्या इतिहासमै सबैभन्दा ठूलो संख्या हो । 

द्वन्द्वले विस्थापित १७ लाख व्यक्तिहरू मध्ये राष्ट्रसंघद्वारा सञ्चालित आश्रयहरूमा विस्थापित व्यक्तिहरूको संख्या ९ लाख पुगेको छ भने, लाखौं सडकमा आश्रयविहीन छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ