arrow

 ‘हेर्न नभ्याइने’मा परे टिकटक बन्द गर्ने निर्णय विरुद्धका रिट

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ४ सोमबार
TikTok-logo-720.jpg

काठमाडौँ । टिकटकमा प्रतिबन्ध लगाउने सरकारी निर्णयविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’मा परेको छ । सरकारले टिकटकमा प्रतिबन्द लगाउने निर्णय गरेपछि सर्वोच्च अदालतमा गत शुक्रबार १० ओटा रिट परेका थिए । उक्त रिटमाथि  सोमबार सुनुवाइ गर्न पेसी तोकिएको थियो ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासमा पेसी तोकिएको थियो । तर न्यायाधीश डा कुमार चुडाल संयुक्त इजलासमा व्यस्त भएकाले एकल इजलासमा बस्न नभ्याउने भएपछि हेर्न नभ्याउने सूचीमा परेका हुन् ।

सरकारको टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु अनन्तराज लुइटेल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, अञ्जन धिताल, यज्ञमणि न्यौपाने, रामकृष्ण बञ्जरा, प्रेमराज सिलवाल, त्रिलोकबहादुर चन्द र कानूनका विद्यार्थी परशुराम पाण्डेले रिट दायर गरेका छन् ।

सरकारले एकाएक टिकटकमाथि प्रतिबन्ध लगाएपछि आक्रोश बढेको छ । यद्यपि टिकटक पूर्ण रुपले बन्द भने भएको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ