arrow

अर्जेन्टिनाको अपराजित यात्रामा उरुग्वे तगारो, ब्रजिल कोलम्बियासँग स्तब्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १ शुक्रबार
messi-argentina-uruguay-202.jpg

काठमाडौँ । विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले पहिलो हार बेहोरेको छ । लगातार चार खेल जितेको अर्जेन्टिना पाँचौँ खेलमा उरुग्वेसँग पराजित भएको हो । 

शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाको घरेलु मैदानमा उरुग्वे २–० ले विजयी भएको हो । रोनाल्ड अराउजोले ४१ औँ मिनेटमा तथा डार्विन नुनेजले खेल सकिन ३ मिनेट बाँकी छँदा गोल गरेका थिए । 

गत महिना ब्रजिललाई हराएको उरुग्वेले छनोट तालिकाको शीर्ष स्थानमा रहेको अर्जेन्टिनालाईसमेत स्तब्ध बनाएको हो । 

योसँगै कतार विश्वकपको समूह चरणको पहिलो खेलमा साउदी अरेबियासँग हारेको अर्जेन्टिना त्यसपछि अपराजित रहँदै आएको थियो । 

अमेरिकी छनोट अन्तर्गतका अन्य खेलमा बोलिभिया र कोलम्बिया विजयी भएका छन् । कोलम्बियाले घरेलु मैदानमा ब्रजिलाई २–१ ले पराजित गर्यो । 

त्यस्तै बोलिभियाले पेरुलाई २–० ले हरायो । भेनेजुएलाले इक्वेडरसँग र चिलीले पाराग्वेसँग गोलरहित बराबरी खेलेको छ । 

अंक तालिका
पाँचौँ चरणको खेल सकिँदासम्म १० टोली सहभागी यो विश्वकप छनोटमा १२ अंकसहित अर्जेन्टिना शीर्ष स्थानमा रहेको छ । उरुग्वे १० अंकसहित दोस्रो तथा ९ अंकबाट कोलम्बिया तेस्रो स्थानमा छ । 

८ अंकको भेनेजुएला चौथो, ७ अंकको ब्रजिल पाँचौँ स्थानमा रहेको छ । समान ५ अंकका इक्वेडर, पाराग्वे र चिली क्रमशः छैटौँ, सातौँ र आठौँ स्थानमा छन् । 

३ अंकबाट बोलिभिया नवौँ तथा १ अंकबाट पेरु पुछारमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ