arrow

टिकटक बन्द गर्ने निर्णय : ज्ञानेन्द्रकै शैलीमा प्रचण्ड [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३० बिहिबार
tiktok.jpg

काठमाडौँ । नेपालमा पछिल्लो समय सामाजिक सञ्जालको रूपमा चर्चित र धेरै प्रयोग भएको टिकटक एप सरकारले बन्द गरेको छ । सरकारले टिकटक बन्द गरेसँगै दुई थरी आवाज उठेका छन् । टिकटक बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक रहेको एक थरीले बताउँदै आएका छन् भने अर्को थरी टिकटकमा देखिएका विकृतिहरूले गर्दा टिकटक बन्द गर्ने सरकारको निर्णय स्वागतयोग्य रहेको बताउँदै आएका छन् । 

सत्ता पक्षकै सांसदहरू सरकारको टिकटक बन्द गर्ने निर्णयको विरोधमा उत्रिएका छन् । नेपाली काँग्रेसका महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, त्यस्तै काँग्रेस सहमहामन्त्री भीष्मराज आङ्दम्बेले टिकटक बन्द गर्ने सरकारको निर्णय गलत भएको दाबी गर्दै निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन् । 

यता प्रतिपक्ष दल नेकपा एमालेका केही नेता र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सरकारले व्यक्तिको स्वतन्त्रता हनन गर्ने काम गरेको भन्दै टिकटक प्रतिबन्ध तत्काल हटाउनुपर्ने धारणा राखिसकेका छन् । साथै यतिबेला टिकटकलाई नियमन गर्नुपर्ने निकायले सिधै नियन्त्रणमा जानुपर्ने बाध्यता कसरी आयो ? भन्नेबारेमा आम सर्वसाधारणको चासो र चिन्ता छ । पछिल्लो समय टिकटक लगायका सामाजिक सञ्जालहरूमा राम्रो विषयवस्तु पस्किने भन्दा पनि सामाजिक विकृति भित्र्याउने क्रियाकलाप र विषयमा सम्बन्धित भिडियो क्लिपहरू प्रशस्त भेटिँदै आएका थिए । 

सरकारले टिकटक प्रतिबन्ध लगाउनुपरेको कारण पनि बताइसकेको छ । नेपाल संवत् ११४४ को अवसरमा भक्तपुरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा विसङ्गति, विकृति, अराजकता फैल्याउने र राज्यलाई जिम्मेवारीबाट अघि बढ्न रोक्ने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न टिकटक प्रतिबन्ध गरेको स्पष्टीकरण दिएका थिए। 

तर अझै पनि टिकटकमाथिको प्रतिबन्धबारे आम सर्वसाधारण भने सरकारसँग रुष्ट छन् । सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध बिरोधाभाषपूर्ण रहेको भाषा तथा आमसञ्चार विज्ञ सुधांशु दाहालले बताए। उनले नियमनमा जान लागेको सरकार अचानक नियन्त्रणमा जानुले सरकारको निर्णय बिरोधाभाषपूर्ण रहेको स्पष्ट भएको बताए । उनले बिरोधाभाषमा टेकेर गरेको निर्णय सही हुन नसक्ने बताए ।

उनले सामाजिक प्लेटफर्मलाई बन्द गरेर समाजका विकृति नरोकिने बताए । उनले तत्कालीन राजा ज्ञानेन्द्रले रेडियो टेलिभिजन बन्द गराएकै शैलीमा जाँदा स्वतन्त्रताको नियतमा शङ्का उठ्यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ