-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
तेल अवीव । युनिसेफकी कार्यकारी निर्देशक क्याथरिन रसेल दुर्घटनामा परेकी छिन् । उनी कार दुर्घटनामा परेपछि गाजा पट्टी र इजरेलको भ्रमण रद्द भएको छ ।
बुधबार युनिसेफका मिडिया प्रमुख कर्टिस कुपरले उनी सवार कार ठूलो खाल्डोमा पल्टिएको जनाएका थिए ।
उनले रसेललाई चोट लागेको र धेरै पीडामा रहेको तर उनको चोट भने खासै गम्भीर नभएको बताए ।
रसेलले गाजा र इजरेलमा भएको आक्रमणमा मारिएका बालबालिकाका परिवारलाई भेट्ने कार्यक्रम रहेको थियो ।