नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा प्रयोग गर्न बालेनको आग्रह [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २८ मंगलबार
948
Shares
काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा प्रयोग गर्न आग्रह गरेका छन् ।
मंगलबार काठमाडौँमा नेपाल संवत ११४४ को कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले काठमाडौं महानगरपालिकाले पहिल्यैबाट नेपाल संवतको प्रयोग गरिरहेको उल्लेख गर्दै देशभर नै सबैले प्रयोग गर्न आवश्यक रहेको बताए ।
उनले नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा प्रयोग गर्न सरकारले मुख्य भूमिका निभाउनुपर्ने बताए । उनले आगामी वर्षसम्म राष्ट्रिय रूपमा नै प्रयोग हुने विश्वास रहेको बताए ।