arrow

मोटरसाइकल दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर 

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० कार्तिक २७ सोमबार
accident-final-1618290232.jpg
तस्बिर – फाइल ।

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका ६ स्थित लोकमार्गस्थित बोक्सेबाट रामेछापतर्फ जाँदै गरेको बा ३४ प ८४५२ नंको मोटरसाइकल दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । 

मोटरसाइकल आफैँ अनियन्त्रित भई  सडकबाट करिब ७५–८० मिटर तल बोक्से काभ्रे पाखामा खस्दा चालक गम्भीर घाइते छन् भने पछाडि बस्ने महिलाको मृत्यु भएको छ ।

चालक ४८ वर्षका डिल्लीप्रसाद चौलागाईको आँखामाथि र टाउकामा चोट लागेको छ भने पछाडि सवार उनकै श्रीमती ४५ वर्षकी गोमा चौलागाईको घटनास्थलमै मृत्यु भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ