arrow

श्रीलंका क्रिकेट बोर्ड आईसीसीको निलम्बनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २४ शुक्रबार
srilanka-cricket-board.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले श्रीलंका क्रिकेट बोर्डलाई निलम्बन गरेको छ । बोर्डलाई श्रीलंकाली सरकारले हस्तक्षेप गरेपछि आईसीसीले बोर्डलाई निलम्बन गरेको हो । 

सरकारी हस्तक्षेपछि आईसीसीले तत्काल श्रीलंकाको सदस्यता खोसेको हो । भारतमा जारी विश्वकप क्रिकेटमा श्रीलंको प्रदर्शन निराशाजनक भएसँगै सरकारले हस्तक्षेप गरेको थियो । 

श्रीलंका विश्वकपको नवौँ स्थानमा छ । आईसीसीका पदाधिकारीहरुको अनलाइन बैठकबाट तत्काललाई श्रीलंका बोर्डलाई निलम्बन गरिएको हो ।

आईसीसीको चौमासिक बैठक नोभेम्बर १८ देखि २१ को बीचमा भारतको अहमदाबादमा हुनेछ । यो बैठकले बोर्डमाथि आगामी दिनमा के गर्ने र टिमलाई के गर्ने भन्ने बारेमा निर्णय हुनेछ । 
 



नयाँ