arrow

साहित्यमार्फत चिनाइँदै इलामको सिद्धिथुम्का [तस्बिरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २३ बिहिबार
pariwartanka-lagi-aawaj-ila.jpg

इलाम । जहाँ पुग्दैन रवि त्यहाँ पुग्छ कवि भनेझैँ साहित्यकारहरुले यसपालि सिद्धिथुम्का चुलीबाट साहित्यमार्फत बुलन्द आवाज बाहिर ल्याएका छन् । 

हुन पनि जिल्ला सदरमुकामभन्दा निकै टाढा अनि पालिकाको केन्द्रभन्दा पनि टाढा रहेको सिद्धिथुम्का चुलीमा भएको साहित्यिक जमघट आफैँमा एक अद्भूत थियो । किनकि त्यो ठाउँमा पनि प्रकाश पुगिसकेको छ । 

सम्बन्धित निकायलाई झक्झक्याउन यो ठाउँ पर्याप्त थियो । त्यही रोज्यो आयोजक ‘परिवर्तनका लागि आवाज’ ले । तीन वर्षदेखि यसरी नै विभिन्न ठाउँ रोजेर साहित्यमार्फत नै सन्देश दिँदै आएको छ यो संस्थाले । 

देउमाई नगरका साहित्य प्रेमी युवाको समूह भएकाले पनि स्थानीय यस्ता ठाउँहरूको खोजी गरी प्रचारप्रसार गर्ने र पर्यटनका लागि पर्यटक तान्ने नयाँ योजना यस संस्थाले रोजेको हो । 

त्यसैले त इलामको देउमाई नगरपालिकाभित्रका पर्यटन क्षेत्र चिनाउनका लागि सिद्धिथुम्कामा साहित्यिक कार्यक्रम आयोजना गरिएको हो । 

साहित्यमार्फत स्थानीय पर्यटनलाई प्रवद्र्धन गर्ने उद्धेश्यका साथ बुधबार हिमाल हेर्न पर्यटक भेला हुने सिद्धिथुम्का चुलीमा साहित्यकार र साहित्यप्रेमीहरुको जमघट भएको हो ।

स्कुले बालबालिकादेखि आठ दशकको हाराहारीकी देउमाई नगरवासी सिद्धिदेवीसमेतलाई साक्षी राखेर गरिएको साहित्यिक कार्यक्रममा ११ जना प्रतियोगितात्मक प्रतियोगी र २२ जना अप्रतियोगी साहित्य अनुरागीहरुले साहित्यिक खुराक पस्केका थिए । आठ बाल प्रतियोगीले पनि कविता सुनाका थिए ।

जसमा प्रतियोगितातर्फ शुभेच्छा दाहाल पहिलो, मिराक फियाक लिम्बू दोस्रो र नेहा लिम्बू तेस्रो भएको साहित्य अनुरागी चेतन अञ्जानले बताए । विजेतालाई विदित व्यक्तित्व माधव चम्लागाईँले नगद पुरस्कार प्रदान गर्दै प्रतिस्पर्धीलाई हौसाएका थिए । 

कार्यक्रममा विभिन्न सांगीतिक कार्यक्रमसमेत देखाइएको थियो । त्यस्तै युवक चेतन अञ्जानदेखि प्रकाश खनाल, तुलाराम पुरी, कोषवल्लभ रेग्मी, राम क्षेत्री, बुद्धिसागर न्यौपाने, भीमसेन लिम्बू, विमल अधिकारी, आरके एलन मुखिया, इलामे नानीलगायतले साहित्यिक खुराक पस्केका थिए । 

युवा सुजन बाँस्तोला, चेतन अञ्जन, टीका कटवाल, सुमन लुहागुन र थप २० बढी युवाहरुको एकताले थालेको अभियानले नै साहित्यमार्फत इलामको पर्यटनलाई उचाइमा पुर्याउने विश्वास लिइएको छ । 

यसका लागि प्रकाश श्रेष्ठ, अशोक विश्वकर्मा धराने, पर्वत पराजुलीलगायतले आर्थिक सहयोग गरेसँगै टिम युवा टिम अझ जुझारु बनेको छ । 

ilam1.1.jpg
ilam-1.jpg
ilam2.jpg
ilam3.jpg
ilam5.jpg
ilam6.jpg
ilam7.jpg
ilam8.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ