arrow

यात्रुवाहक बसलाई लक्षित गरी विष्फोट, सात जनाको मृत्यु, २० घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २२ बुधबार
afghanistan-map-1.jpg
तस्बिर – फाइल ।

काबुल । अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार बसलाई लक्षित गरी भएको विस्फोटमा परी सात जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएका छन् ।

काबुल प्रहरीका प्रवक्ता खालिद जादरानले राजधानीको दश्त–ए–बार्ची क्षेत्रमा विस्फोट भएको बताएका हुन् । 

जादरानले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा लेखेका छन्, “काबुलको दश्त–ए–बार्ची क्षेत्रमा सर्वसाधारण यात्रु बोकेको बसमा विस्फोट भएको छ, दुर्भाग्यवश हाम्रा सात जना देशवासी शहीद भएका छन् र अन्य २० जना घाइते भएका छन् ।

सुरक्षाकर्मी घटनास्थलमा पुगेको र अनुसन्धान सुरु गरिएको उनले बताए । 

सन् २०२१ को अगष्टमा तालिबानले अमेरिका समर्थित सरकारलाई सत्ताच्युत गरेपछि तालिबानले आफ्नो विद्रोह अन्त्य गरेपछि बम विस्फोट र आत्मघाती आक्रमणको संख्यामा नाटकीय रुपमा कमी आएको छ ।

यद्यपि, आइएसको क्षेत्रीय शाखासहित थुप्रै सशस्त्र समूहहरू अझै पनि खतरामा छन् । 

गत अक्टोबरको अन्त्यतिर इस्लामिक स्टेट समूहले सोही क्षेत्रमा रहेको एक स्पोर्ट्स क्लबमा भएको विस्फोटको जिम्मेवारी लिएको थियो । 

उक्त विस्फोटमा परी चार जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएको तालिवान अधिकारीहरूले बताएका थिए । एजेन्सी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ