arrow

साना र मझौला उद्योगहरु अर्थतन्त्रको मेरुदण्ड : राष्ट्रपति [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २० सोमबार
ramchandra-poudel-2080-07-20.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले साना र मझौला उद्योगहरु नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् ।  सोमवार काठमाडौंमा आयोजित एशिया प्यासिफिक चेम्बर्स अफ कमर्स एण्ड इण्डस्ट्री कन्फेडेरेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। 

साना र मझौला उद्योगहरुले रोजगारी सिर्जना गर्ने भएकाले आवश्यक प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । उनले दिगोपन भविष्यको अधारशिला रहेको भन्दै दिगो विकासका लक्ष्य हासिल हुनेगरी काम गर्न आवश्यक रहेको बताए । 

उनले उद्यमशीलता भनेको व्यवसाय शुरु गर्नुमात्रै नभएको भन्दै नवप्रवर्तनलाई अंगाल्ने, विविधतालाई सबलीकरण गर्ने र हाम्रा समुदायले सामना गर्ने ठूला चुनौति समाधान गर्ने सबैभन्दा बलियो आधार उद्यमशीलता भएको दाबी गरे ।

 व्यापार अर्थतन्त्रको महत्वपूर्ण हिस्सा रहेको उल्लेख गर्दै यसले आर्थिक वृद्धिलाई मात्रै नभइ सीमापार सम्बन्ध बिस्तार गर्न सहयोग पुग्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ