arrow

व्यास गुफामा तीन दिने पञ्च कुण्डीय गायत्री यज्ञ, पहिलो दिन १५१ जनाले गरे हवन

logo
सोनी शर्मा,
प्रकाशित २०८० कार्तिक १९ आइतबार
pancha-kundiya-hawan-2080.jpg

तनहुँ । गायत्री परिवार नेपालको आयोजनामा तनहुँको दमौलीस्थित व्यास गुफामा तीन दिने पञ्च कुण्डीय गायत्री यज्ञ आइतबारबाट शुरू भएको छ।

व्यास नगरपालिका वडा नम्बर ३ व्यास गुफा परिसरमा कार्तिक १ बाट भइरहेको आठौँ विश्व ॐकार तथा हिन्दू महामिलन पर्व अन्तर्गत गायत्री परिवार नेपालले सहभागिता जनाउँदै तीन दिने पञ्च कुण्डीय गायत्री यज्ञ आइतबारबाट शुरू गरेको हो ।

मानवमा देवत्व र धर्तीमा स्वर्गको अवतरण भन्ने मूल ध्येयका साथ वेदमूर्ति तपोनिष्ठ युग ऋषि पण्डित श्रीराम शर्मा आचार्यले युग निर्माणका लागि घोषणा गरेको योजनालाई अनुशरण गर्दै तनहुँमा यज्ञ आयोजना गरिएको केन्द्रीय अध्यक्ष सावित्री काफ्लेले बताइन् ।

गायत्री परिवार नेपालको राष्ट्रिय सम्मेलन पछिको पहिलो कार्यक्रम व्यास गुफाबाट आरम्भ गरिएको भन्दै बुद्धिमा सद्बुद्धि जोड्ने काम गायत्री मन्त्रले गर्ने भएको हुँदा युग निर्माणका लागि विचारको क्रान्ति गर्नुपर्ने बताइन् । 

ऋषि पण्डित आचार्यको घोषणामा गायत्री यज्ञलाई प्राथमिकतामा राखी दुष्कर्मलाई सत्कर्ममा बदलिदिँदा युग निर्माण हुने निश्चित रहेको भन्दै साधना, स्वास्थ्य, शिक्षा, स्वावलम्बन, नारी जागरण, पर्यावरण वातावरण सन्तुलन र कुरीति र दुर्व्यसन उन्मूलन लगायतका सात ओटा अभियान अघि सारिएको पनि केन्द्रीय अध्यक्ष काफ्लेले बताइन् ।

गायत्री यज्ञमा केन्द्रीय सदस्य डा. विजयप्रसाद प्रधान, लुम्बिनी प्रदेश प्रमुख सत्यनारायण पाठक, बाँके जिल्ला अध्यक्ष मनिष कर्माचार्य, कम्दी गौशाला प्रमुख खिम रोका क्षेत्री, दाङका श्रीराम दहित थारू लगायत सहभागी रहेका छन् । आइतबारको गायत्री यज्ञमा प्रमुख जिल्ला अधिकारी छवि रिजाल, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अवदेश विष्ट, राष्ट्रिय अनुसन्धान तनहुँका उपअनुसन्धान निर्देशक सुरेश तिवारी, पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष सोनी शर्मालगायत १५१ जनाले हवन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ