arrow

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

रामचन्द्रको युरोप यात्रा स्वीकृत, नौ दिनमा तीन देश भ्रमण [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १७ शुक्रबार
rekha-sharma-ramchandra-visit.jpg

काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको युरोप यात्रा स्वीकृत गरेको छ । राष्ट्रपति पौडेल यहि कार्तिक २२ गते युरोप भ्रमणमा निस्कनेछन् । नौ दिनमा तीन देश फ्रान्स, जर्मनी र इटाली भ्रमण गरेर  राष्ट्रपति पौडेल मंसीर १ गते स्वदेश फर्कनेछन् । 

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रवार सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले सो बारेमा जानकारी गराएकी हुन् ।  फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन र सो पश्चात संघीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण  गर्ने उनले बताइन् । 

उनले भनिन्,' सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्युबाट फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन र सो पश्चात संघीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्न मिति २०८० साल कार्तिक २२ गते काठमाडौंबाट प्रस्थान गरी मिति २०८० मंसीर १ गतेका दिन स्वदेश फिर्ता हुने गरी भ्रमण कार्यक्रम स्वीकृत गरेको छ।'

साथै मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको छ । हेर्नुस भिडियो- 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ