arrow

रोशीमा कार दुर्घटना, चार जना घाइते

logo
सरोजश्री अधिकारी,  
प्रकाशित २०८० कार्तिक १७ शुक्रबार
car-accident-roshi-2080-07-17.jpg

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका ८ चार समयबेसीस्थित बीपी राजमार्गमा कार दुर्घटना भएको छ ।

दिउसो १२ः १५ मिनेटको समयमा बीआरओ६डीई४३११  नं को महोत्तरीबाट काठमाडौँ जाँदै गरेको कार आफैँ अनियन्त्रित रोशी खोलामा कारमा सवार ४ जना घाइते भएका छन् । 

घाइतेहरुलाई उपचारको लागि नार्के मेडिकल पठाएकोमा थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ । घाइतेहरुमा महोत्तरी जिल्ला गौशाला नगरपालिका ५ बस्ने २३ वर्षीय धिरेन चौधरीलाई शरीरको विभिन्न भागमा चोट लागेको छ। 

त्यस्तै २० वर्षीया खुस्बु चौधरीको हातमा चोट लागेको छ । १९ वर्षीया प्रमिका चौधरीको शरीरको विभिन्न भागमा चोट लागेको छ र १९ वर्षीया अंजली चौधरीको पनि शरीरको विभिन्न भागमा चोट लागेको छ । 

घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । कार भने पूर्ण रुपमा क्षति भएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ