arrow

भन्नलाई लोकतन्त्र भन्छौँ, तीन नेताले जे भन्यो त्यहीँ हुन्छ : सीके राउत

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १७ शुक्रबार
aaropi-ck-raut.jpeg

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले शीर्ष तीन नेताहरूले जे भन्यो त्यही हुने गरेको बताएका छन् । 

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै राउतले अहिले नाम मात्रैको लोकतन्त्र रहेको बताए ।  उनले संसदीय व्यवस्था भने पनि सांसदहरूले भनेका कुरा लागू नहुने गरेको बताए । 

उनले भने, ‘अहिले हाम्रोमा कस्तो देखियो भने, भन्नलाई लोकतन्त्र भन्छौँ । हिजो पनि संसद्मा सुन्नुभएको होला । भन्नलाई संसदीय व्यवस्था भन्छौँ तर त्यहाँ सांसदले भनेको कुरा खासमा लागू हुँदैन । दुई तीन जना नेताले जे भन्नुहुन्छ त्यही हुन्छ । त्यो व्यवस्थालाई चिर्ने । दुई चार जना नेताले मात्रै ३०–३५ वर्ष देश चलाइरहेको छ । तिनीहरूको सेरोफेरोमा देश घुम्दै आएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ