arrow

निशान गाडी छ सय मिटर तल खस्दा दुईको मृत्यु, एक गम्भीर 

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० कार्तिक १४ मंगलबार
nishan-crash-2080-07-14.jpg

काभ्रेपलाञ्चोका । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका २ सिलाभन्ज्याङस्थित कुशादेवीबाट नयाँगाँउतर्फ जाँदै गरेको  निशान गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । 

बा ४ ख६७२३ नम्बरको पराल लोड गरिएको निसान गाडी ब्रेक फेल भई सडकबाट करिब ६०० मिटर तल खस्दा निसानमा सवार ३ जना घाइते भइ उपचारको लागि सिरमेमोरियल अस्पताल पठाएकामा दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । 

मृत्यु हुनेमा काभ्रे कुशादेवीका ४० वर्षीय चालक रबिन आचार्य र बेथानचोक २ का ५० वर्षीय शिबबिक्रम केसीको मृत्यु भएको हो । 

बेथानचोक गाउँपालिका २ की ४५ वर्षीया शारदा तिमल्सिना गम्भीर घाइते भएकी छिन् । उनको टाउको, घाँटी र दुवै हात खुट्टामा गम्भीर चोट लागेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ