arrow

बालगृहका बालबालिकालाई पत्रकारले गरे शैक्षिक सामग्री वितरण

logo
प्रकाशित २०७३ कार्तिक १७ बुधबार
anath-balbalika-upahar-bitran-pp.jpeg

जुम्ला । नेपाल प्रेस युनियन जिल्ला शाखा जुम्लाका अध्यक्ष एलपी देवकोटाले आफ्नो जन्मदिनको अवसरमा जुम्लामा रहका अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन् ।

हाइल्याण्ड जुम्ला बालगृहमा रहेका १० जना अनाथ बालबालिकालाई शैक्षिक सामग्री, फलफुल र लत्ताकपडा वितरण गरिएको थियो । जुम्लामा रहेका अनाथ बालबालिकाको लागि सरोकारवाला निकायले सहयोग गर्न नसकेकाले सबैको ध्यान त्यसतर्फ जानुपर्ने भन्दै अध्यक्ष देवकोटाले उनीहरुलाई सानो सहयोग गरेको बताएका छन् ।

कर्णाली अञ्चलका हुम्ला, डोल्पा, मुगु कालिकोट र जुम्लाका १० जना अनाथ असहाय बालबालिकालाई हाइल्याण्ड बालगृह जुम्लाले राखेको हाइल्याण्डका अध्यक्ष राजु लामिछानेले बताए । उनले भने, ‘सुरुवाति क्रममा रहेकाले अहिले कर्णाली अञ्चलका १० जना बालबालिकालाई बालगृहमा राखिएको छ ।

अनाथ बालबालिकालाई आफन्त ठानेर सहयोग गरेकामा पत्रकारलाई धन्यवाद दिदै जुम्लामा बालगृह संचालन गर्नु चुनौति पूर्ण छ । चुनौतिका बाबजुद पनि बालगृह संचालनमा ल्याएको हाइल्याड बालगृहकी वाडेन सारदा लामिछानेले बताइन् । उनले भनिन्, ‘सानैदेखि बालबालिकाको सेवा गर्ने इच्छा थियो । मैले जुम्लामा अनाथ बालबालिकाको सेवा गर्न पाउदा निकै खुसी लागेको छ ।’

विगत १३ वर्ष देखि पत्रकार देवकोटाले कर्णालीमा बसेर पत्रकारीता गर्दै आएका छन् । उनले आफ्नो २६ वर्ष पुगेको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री, टिसर्ट र फलफुल वितरण गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ