arrow

कस्तो छ एमाले नेतृ नविना लामासँगै दुर्घटनामा परेका घाइतेहरुलाई ? 

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० कार्तिक १२ आइतबार
nabina-lama-accident.jpg

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा भएको बलेरो दुर्घटनामा ११ जना घाइते भएका छन् । तिनीहरुमध्ये एक एमाले नेतृ एवं पूर्व सांसद नविना लामा पनि हुन् । 

दिउँसो २ः४० बजे बेथानचोक गाउँपालिका १ निगालेस्थित तालढुङ्गाबाट बेथानचोकतर्फ आउदै गरेको बा १४ च ७०७७ नं को डबल क्याप बलेरो ब्रेक फेल भइ सडकमा पल्टदा ११ जना घाइते भएका हुन् । 

घाइते लामासँगै अन्यलाई उद्धार गरी तत्काल उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ । बलेरोमा १८ जना सवार रहेकामा ११ जना घाइते भएका छन् । 

४० वर्षीया लामाको अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् । उनको अवस्था मध्यम रहेको छ । उनको टाउको र बायाँ हातमा चोट लागेको छ । 

यी हुन् ११ घाइते र उनीहरुको अवस्था–
१, जिल्ला स्याङजा पुतलीबजार ५ बस्ने वर्ष ३६ की सिर्जना नेपाली बायाँ हातको पातामा चोट ,अवस्था सामान्य ।
२, ऐ बस्ने निजको  छोरा वर्ष १३ को सुबम श्रेष्ठ,अवस्था सामान्य ।
३,  ऐ बस्ने  निजको छोरा वर्ष ५ को सुरज श्रेष्ठ, अवस्था सामान्य ।
४, जिल्ला काभ्रे चौरीदेउराली गापा ७ बस्ने वर्ष ४० की एमाले नेतृ एवं पूर्व सांसद नविना लामा, टाउको र बायाँ हातमा चोट, अवस्था मध्यम ।
५, खानिखोला गापा ५ मिल्चे बस्ने वर्ष ४० की रचना मगर देब्रे घुँडामा चोट, अवस्था सामान्य ।
६, ऐ बस्ने निजको छोरी वर्ष १६की ईन्जिला सोडारी देब्रे खुट्टामा चोट अवस्था मध्यम ।
७, जिल्ला दोलखा कालिन्चोक गा।पा ३ बस्ने वर्ष ३२ की मिना श्रेष्ठ टाउकोमा चोट अवस्था मध्यम ।
८, ऐ ऐ बस्ने वर्ष ३५ को गोविन्द श्रेष्ठ ,बायाँ खुट्टामा चोट अवस्था मध्यम रहेको ।
९, काभ्रे खानिखाला गापा ६ बस्ने वर्ष ३५को दिपेन्द्र राना दाहिने आँखा, बाँया हातमा चोट, अवस्था मध्यम ।
१०, काभ्रे  पाँचखाल नपा १२ बस्ने बर्ष ३५की भक्त कुमारी लामा दाहिने हातको पातामा चोट अवस्था मध्यम ।
११, जिल्ला काभ्रे बेथानचोक गा।पा १ बस्ने बर्ष७४को सिङताङ तामाङ ,टाउको र गर्धना चोट ,अवस्था मध्यम 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ