arrow

एमाले नेतृ नविना लामा सवार बलेरो दुर्घटनामा, ११ घाइते

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० कार्तिक १२ आइतबार
balero-accident-kavre-2080-07-12.jpg

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा बलेरो दुर्घटनामा परेको छ । दिउँसो २ः४० बजे बेथानचोक गाउँपालिका १ निगालेस्थित तालढुङ्गाबाट बेथानचोकतर्फ आउँदै गरेको बा १४ च ७०७७ नं को डबल क्याप बलेरो ब्रेक फेल भइ सडकमा पल्टदा ११ जना घाइते भएका छन् । 

उनीहरुलाई उद्धार गरी तत्काल उपचारको लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बलेरोमा १८ जना सवार रहेका थिए । 

उक्त गाडीमा एमाले नेतृ नविना लामा, भक्त कुमारी लामा, रामहरी सुवेदी लगायत सवार रहेको बुझिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ