arrow

जीपी कोइराला फाउण्डेशनका अध्यक्ष घिमिरे मानवीय पुरस्कार ग्लोबलबाट सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १२ आइतबार
somnath-ghimire-2080-07-12.jpg

घाना । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे घानाले प्रदान गर्ने मानवीय पुरस्कार ग्लोबल घानाबाट सम्मानित भएका छन् । फाउण्डेशनले कोरोना कहरका बेला निःस्वार्थ समर्पण र प्रेरणाको कारण धेरै क्षेत्र र समुदायको समर्थनमा मानवीयता देखाएको भन्दै घिमिरेलाई सम्मान गरेको हो ।  

मानवीय पुरस्कार ग्लोबलका प्रबन्ध निर्देशक रेन्डी डन्क्वाहले ‘मानवीय पुरस्कार ग्लोबलको व्यवस्थापनले तपाईलाई तपाईको उपलब्धिहरूको लागि तपाईलाई “मानवीय पुरस्कार ग्लोबल” बाट सम्मानित प्रदान गर्न पाउँदा हामीलाई गर्व लागेको छ। तपाईले समाजमा खेल्नु भएको मानवीय कार्यको उच्च प्रशंसनीय छ र निरन्तरताको पनि कामना छ’ भने । 

मानवीय पुरस्कार ग्लोबल–घानाले परिवर्तन निर्माताहरू, स्वयंसेवक नेताहरू, गैरसरकारी संस्थाहरू, परोपकारीहरू, समाजमा सहयोग गर्ने कम्पनीहरू वा निगमहरू र मानव सेवी पेशेवरहरूलाई पहिचान गर्न, सम्मान गर्न र मनाउन स्थापना गरिएको जनाएको छ । जसको कार्यहरूले समाजमा सकारात्मक प्रभाव पारेको पनि उल्लेख छ । 
 
मानवीय पुरस्कार ग्लोबल–घानाले प्रत्येक वर्ष विश्वभरिबाट समाजमा सकारात्मक प्रभाव पारेका मानिसहरुलाई छनोट गरेर यो पुरस्कार दिइन्छ। यस वर्ष, २०२३ मा विश्वभरिबाट ४८ जनाले मानवीय पुरस्कार ग्लोबल सम्मान पाएका छन् । 

घानामा संचारकर्मीहरुसँग कुराकानी गर्दै सम्मानित घिमिरेले विश्वव्यापी मानवीय पुरस्कार समारोहमा सामेल हुन पाउँदा गौरव लागेको र मेरो जीवनकालको उपलब्धि, रूपान्तरण नेतृत्व पुरस्कार प्राप्त गर्दै गर्दा यो पुरस्कारले अब नेपाल, अमेरिका र अफ्रिकी राष्ट्रहरुबच पुलको निर्माण हुने र यी देशहरुबीच शान्ति, समृद्धि र प्रगतिको पुल निर्माण गर्नलाई एउटा बाटो खुलेको बताए । 

उनले अब छिट्टै घाना, नाइजेरिया, सेनेगल, बेनिन, टोगो, कोर्टे ड्वायर र बुर्किना फासोमा  गिरिजाप्रसाद कोइराला फाउण्डेशन स्थापना के कसरी गर्ने भन्नेबारे ती देशका सम्मानित व्यक्तिहरुसँग विशेष छलफल भएकोबारे जानकारी गराए । 

गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेलाई घानाका लागि लेबनानका राजदूत महेर खीरले ‘रूपान्तरण नेतृत्व पुरस्कार’ले सम्मान गरेका थिए । अध्यक्ष घिमिरे २०२३ को यो सम्मान पाउने एक मात्र नेपाली अमेरिकी हुन् । 

घिमिरे विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाका अन्तर्राष्ट्रिय मामिला सल्लाहकार हुन् ।

मानवीय पुरस्कार ग्लोबलकी आयोजक विसडम डोर्डोले अध्यक्ष घिमिरेले समाजमा नेतृत्व गर्दै रूपान्तरण ल्याउन सफल भएको भन्दै ‘तपाईले गरेका कार्यहरुको विभिन्न अफ्रिकन मिडिया, पत्र पत्रिका र सामाजिक सञ्जालहरुमार्फत हामी प्रकाशन गर्नेछौँ र तपाईको संस्थासँग साझेदारी गर्न हामी तत्पर छौँ भनिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ