arrow

राष्ट्रपतिले लगाइदिए दशैँको टीका [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ७ मंगलबार
dasain-tika-rastapati.jpg

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले आम सर्वसाधारण र उच्च पदस्थ अधिकारीहरूलाई दशैँको टीका लगाइदिएका छन् । 

मङ्गलवार राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति पौडेलले आम सर्वसाधारणहरूलाई नेपालीहरूको महान् चाड बडा दशैँको उपलक्ष्यमा टीका लगाइदिएका हुन् । 

 सो अवसरमा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, प्रधान सेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, प्रतिनिधि सभा एवं राष्ट्रिय सभाका सांसदहरू, नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरू, नेपाल सरकारका सचिवहरू, नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरूलाई टीका लगाइदिएका थिए । 

टीका लगाउनको लागि मानिसहरू राष्ट्रपतिको सरकारी निवास शीतल निवासमा लाम लागेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ