टी–२० श्रृंखलामा नेपाल र यूएई मैदानमा, नेपाल बलिङमा
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ६ सोमबार
431
Shares
काठमाडौँ । नेपालमा जारी टी–२० त्रिकोणात्मक क्रिकेट श्रृंखलाको लिग चरणको अन्तिम खेलमा नेपालले अहिले यूएईसँग खेलिरहेको छ । यो खेलअघि नै अपराजित रहँदै फाइनलमा पुगिसकेको नेपालले मूलपानी क्रिकेट मैदानमा अहिले यूएईसँग खेलिरहेको हो । टस जितेर नेपालले पहिले बलिङ गरेको छ ।
नेपालले यसअघि पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको थियो । सोही आधारमा आज पनि सहजै विजय हासिल गर्ने अपेक्षा गरिएको छ ।
नेपालले यसअघि हङकङमाथि ७९ रन र ६ विकेटको जित हासिल गरेको थियो ।
यूएईले एक खेलमा हङकङलाई हराएको छ ।
लिगको शीर्ष स्थानमा रहने दुई टिमले आगामी शुक्रबार उपाधिका लागि फाइनल खेल्नेछन् ।
टी–२० विश्वकप छनोटको तयारीका लागि यो श्रृंखला भइरहेको हो ।