arrow

शक्तिपीठमा राष्ट्रपति [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ५ आइतबार
ramchandra-baa.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकाका महत्त्वपूर्ण शक्तिपीठहरुको दर्शन गरेका छन् । 

आइतबार राष्ट्रपति पौडेलले काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, सङ्कटा, नरदेवी पुगेर पूजा आराधना र दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरेका हुन्। 

दशैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्ति पीठको दर्शन गर्ने परम्परा रही आएको छ । बडा दशैँको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ । 

काठमाडौं उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, सङ्कटा आदि शक्ति पीठमा पूजा अर्चना गर्ने प्रचलनअनुरूप दर्शनार्थीको घुइँचो थियो । 

त्यसै गरी, राजधानी बाहिरका चर्चित शक्ति पीठमा पनि आज महागौरी भगवतीको पूजा अर्चना गरेर महाष्टमी मनाइएको छ ।

 यसअघि आज बिहान राष्ट्रपतिले काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलान्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआजा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ