arrow

राष्ट्रपति पौडेल दम्पतीद्वारा पलान्चोक भगवतीको दर्शन 

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० कार्तिक ५ आइतबार
ramchandra-baa.JPG

काभ्रेपलाञ्चोक । राष्ट्रपति रामचन्द्र पौडेल दम्पतीले महाअष्टमीको शुभ अवसरमा पलान्चोक भगवतीको दर्शन तथा पूजा अर्चना गरेका छन् । 

राष्ट्रपति पौडेलसँग प्रथम महिला सविता पौडेल पनि पूजा अर्चनामा सहभागी थिइन्। 

राष्ट्रपति पौडेल पलान्चोक भगवती मन्दिरमा दर्शन गर्न आइतबार बिहान पाँचखाल आएका थिए । 

दशैँका अवसरमा महाअष्टमीको दिन राष्ट्र प्रमुखले पलान्चोकसहित नव दुर्गा भगवतीको दर्शन तथा पूजा अर्चना गर्ने परम्परा रहिआएको छ । 

काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका –९ स्थित पलान्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरको रूपमा परिचित छ । 

पलान्चोक भगवतीको मन्दिर करिब एक हजार ६ सय ५५ वर्ष पहिले अर्थात् इस्वी संवत् ४२५ सालमा निर्माण भएको हो । 

पलान्चोक भगवतीलाई दुर्गा भगवतीको जेठी दिदीको रूपमा समेत लिने गरिन्छ छ । 

जिल्लाको बुच्चा कोट भन्ने स्थानमा रहेको पलान्चोक भगवतीको मूर्ति एक रात स्थानीय वृद्धको सपनामा प्रकट भई आफू रहेको स्थानबाट उत्तरतर्फ सार्न आग्रह गरेको किंवदन्ती छ । 

भगवतीको मूर्तिलाई उत्तरतर्फ लैजाने क्रममा हालको मन्दिर रहेको स्थानमा पुग्दा रात परेपछि त्यहीँ बास बसेको र भोलिपल्ट बिहान त्यहाँबाट मूर्तिलाई अन्यत्र लैजान स्थानीय ६० घरधुरीको मद्दतबाट पनि भगवतीको मूर्ति बोक्न नसकेपछि सोही स्थानमा राखी पूजाआजा गर्दै आएको किंवदन्ती रहेको मन्दिरका पुजारी जलेश्वर बज्राचार्यले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ