ग्लोबल आईएमई बैंकले दशैँ बिदामा पनि खोल्यो काउन्टर
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ४ शनिबार
3.3k
Shares
काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले दशैँको बिदामा पनि काउन्टर खुला राखेको छ । निश्चित काउन्टरबाट दशैँको बिदामासमेत नगद कारोबार सञ्चालन गरिने बैंकले जनाएको छ ।
बैंकले बिहान १० देखि दिउँसो १ बजेसम्म सम्बन्धित काउन्टरहरु खुला राखेर सेवा प्रदान गर्ने जनाएको हो ।
बैंकले शनिबारदेखि बिहीबारसम्मको काउन्टर खुल्ने तालिका सार्वजनिक गरेको छ ।