arrow

अर्जेन्टिनाको जितमा दुवै गोल मेस्सीको

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १ बुधबार
messi-2023-10-18.jpg

काठमाडौँ । विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना विजयी भएको छ । अर्जेन्टिनाले पेरुलाई हराएको हो । 

बुधबार लियोनल मेस्सीको दुई गोलको सहयोगमा अर्जेन्टिनाले पेरुलाई २–० ले हराएको हो ।

मेस्सीले खेलको ३२ औँँ मिनेटमा पहिलो गोल गरेका थिए । पहिलो हाफ सकिनु तीन मिनेट अघि मेस्सीले ब्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई २–० को जित दिलाए । 

अर्जेन्टिनाले छनोटका शुरूआती चार ओटै खेलमा जित निकालेको छ । अर्जेन्टिना १२ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ ।

पेरुले लिग चरणको चार खेलबाट मात्र १ अंक बटुलेको छ । 

अन्ँय खेलमा उरुग्वेले ब्रजिललाई २–० ले, पाराग्वेले बोलिभियालाई १–० ले, भेनेजुएलाले चिलीलाई ३–० ले हरायो भने इक्वेडर र कोलम्बियाले गोलरहित बराबरी खेले । 

अंक तालिका
अंक तालिकामा चौथो चरणको समाप्तिसम्म सत्प्रतिशत नतिजासहित अर्जेन्टिना १२ अंक बटुलेर शीर्ष स्थानमा रहेको छ । 

१० टोली रहेको यो समूहमा ७ अंकसहित उरुग्वे, ब्रजिल र भेनेजुएला क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् । 

६ अंकबाट कोलम्बिया पाँचौँ तथा ४ अंकसहित इक्वेडर, पाराग्वे र चिली क्रमशः छैटौँ, सातौँ र आठौँ स्थानमा छन् भने पेरु १ अंकसहित नवौँ स्थानमा छ । 

बोलिभियाले अहिलेसम्म अंकको खाता खोल्न सकेको छैन । 



नयाँ