arrow

भूकम्पले जीर्ण बनेका सम्पदा अझै त्रिपालमुनि

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३० मंगलबार
bhukampa-photo-of-the-year.jpg.jpeg
तस्बिर-फाइल

ललितपुर । विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रमा ऐतिहासिक सम्पदा छन् । विसं २०७२ को भूकम्पले क्षति पुर्‍याएका अधिकांश सम्पदा पुनः निर्माण भए पनि केही अझै पुनः निर्माण प्रक्रियामा छन् ।

पुनः निर्माणका लागि अन्योलमा रहेका जीर्ण सम्पदाहरु अझै पनि त्रिपालमुनि रहेका छन् । जीर्ण रहेका कतिपय सम्पदा कहिले र कसले पुनः निर्माणको जिम्मा लिने भन्ने विषयमा अन्योल छ । 

पाटन दरबार क्षेत्रका कतिपय सम्पदाहरुलाई गुठी संस्थानले व्यक्तिगत व्यापारिक प्रयोजनका लागि भाडामा दिएको छ । 

स्थानीयहरुले भाडा तिरेर वर्षौंदेखि सम्पदालाई व्यापारिक प्रयोजनका लागि प्रयोग गरेका छन् । 

ऐतिहासिक रुपमा रहेका सम्पदाहरु वर्षातको समयमा पानी चुहिने भएकाले छानामा त्रिपाल राखेको देखिन्छ ।

पाटन दरबारको एउटा सम्पदामा व्यवसाय सञ्चालन गरेका तरिका वा आफूले त्यहाँ व्यवसाय सुरु गरेको ३५ वर्ष भएको बताउछन् । 

उनले व्यवसाय सञ्चालन गरेको सम्पदामा अरू पनि धेरै पसल छन् । 

भूकम्पपछि जीर्ण बन्दै गएको सम्पदाको छानामा त्रिपाल राखिएको छ । 

पाटन दरबार क्षेत्रको ऐतिहासिक तलेजु मन्दिरलाई पनि भूकम्पले क्षति पु¥याएको थियो । 

अन्य सम्पदा भूकम्पपछि पुनः निर्माण भए पनि तलेजु मन्दिरको पुनः निर्माणको काम अझै सकिएको छैन । 

निर्माणको थालनी भएको तलेजु मन्दिर पनि कामको ढिलासुस्तीको कारण त्रिपालमुनि रहेको छ । 

स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका सूचना अधिकारी शारदा शिवाकोटीले अब काम चाँडै सकिने बताए।

पाटन दरबार क्षेत्रमा रहेको ऐतिहासिक लामपाटी जीर्ण अवस्थामा छ । जीर्ण अवस्थामा रहेको लामपाटीको एकातिरको छाना पुरै त्रिपालले छोपिएको छ । 

ऐतिहासिक रुपमा रहेको लामपाटी सम्पदालाई स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले व्यापारिक प्रयोजनका लागि व्यक्तिलाई भाडामा दिएको छ । 

त्यहाँ एउटा होटल र अन्य व्यवसाय सञ्चालन भइरहेको छ ।

जीर्ण अवस्थामा रहेको लामपाटीको पनि पुनः निर्माण प्रक्रियामा रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका सूचना अधिकारी शिवाकोटीले बताए । 

उनका अनुसार ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा पुनः निर्माण हुने भनेको लामपाटी सम्पदाको काम अझै सुरु भएको छैन । 

पाटन दरबार सङ्ग्रहालय छेउमा रहेको ऐतिहासिक अदालत भवनमा घाँस उम्रेको छ । 

घाँसले पुरिन आँटेको जीर्ण भवनको पुनः निर्माण भारतीय राजदूतावासले जिम्मा लिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ