arrow

दशैँका यात्रु बोकेको बस दुर्घटना 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३० मंगलबार
bus-accident-2080-06-30.jpg

धनगढी । कैलालीबाट डोटीको बड्डीकेदार जाँदै गरेको बस दुर्घटना भएको छ । जोशीपुरदेखि डोटीको बडिकेदार जाँदै गरेको सुपप्र०१००१ख २३४५ नम्बरको बस सहजपुर नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सुपर गुरास यातायातको बस चुरे गाउँपालिका ३ सहजपुरमा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ। प्रहरीका अनुसार बस अनियन्त्रित भएर सडकको नालामा खसेको हो । बसमा सामान्य क्षति भए पनि सवार दशैँका यात्रु सकुशल रहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ