arrow

गैर आवासीय नेपालीहरूलाई राष्ट्रपतिको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३० मंगलबार
ramchandra-poudel-nrn.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय जगातमा नेपालको प्रतिष्ठा बढाउन गैर आवासीय नेपालीहरूलाई आग्रह गरेका छन् । मङ्गलवार गैर आवासीय नेपाली सङ्घको ११ औँ विश्व सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय जगातमा नेपालीहरूको प्रतिष्ठा बढाउन आग्रह गरेका हुन् । 

उनले नेपालको आन्तरिक क्षमता वृद्धि गरी तीव्र आर्थिक विकास गर्न सके मात्रै विदेशमा बस्ने नेपालीको शिर उँचो हुने बताए । 

उनले देश विकसित भए मात्रै विदेशमा बस्ने नेपालीको शिर उँचो हुने उल्लेख गर्दै नेपाल समृद्ध नभएसम्म नेपालीहरूको प्रतिष्ठा बढ्न नसक्ने बताए । उनले नेपाललाई सुशासन, विकास र समृद्धितर्फ लैजान गैर आवासीय नेपालीहरूको रणनीतिक भूमिका र दायित्व हुने बताए ।

उनले भने – ‘म तपाईँहरूलाई आग्रह गर्न चाहन्छु नेपालको आन्तरिक क्षमतामा वृद्धि गरी तीव्र आर्थिक विकास गर्न सके मात्र विदेशमा बस्ने नेपालीहरूको शिर पनि उँचो हुनेछ । हाम्रो देश विकसित भए मात्रै तपाईँहरू सबैको जुन देशमा रहे पनि शिर उँचो हुनेछ । नेपाल समृद्ध नहुँदासम्म नेपालीहरूको प्रतिष्ठा बढ्न सक्दैन । नेपाललाई सुशासन, विकास र समृद्धितर्फ लैजान तथा देशको अन्तर्राष्ट्रिय जगातमा प्रतिष्ठा बढाउन तपाईँहरूको रणनीतिक भूमिका र दायित्व वाञ्छनीय छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ