गाजा क्षेत्रमा यथाशीघ्र मानवीय सहायता पुर्याउन आह्वान
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३० मंगलबार
1.4k
Shares
काठमाडौं । सयुंक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले आइतबार गाजा क्षेत्रमा यथाशीघ्र मानवीय सहायता पुर्याउन आग्रह गरेका छन् ।
उनले हमासद्वारा बन्धक बनाइएका मानिसहरूलाई तुरुन्त रिहा गर्न आह्वान गरेका छन् ।
“ मध्यपूर्व अहिले असहज परिस्थितिमा छ”, उनले भन्नुभयो । हमासले बन्धकहरूलाई तुरुन्तै रिहा गर्न र इजराइलले गाजा क्षेत्रका नागरिकहरूलाई मानवीय सेवाको आपूर्ति तथा आवश्यक कामदारका लागि सहायता प्रदान गर्नु आवाश्यक रहेको महासचिवको धारणा छ।
जोर्डन, पश्चिम किनार र इजराइलमा खाद्यान्न, पानी, गैर खाद्यवस्तु, चिकित्सा, एवं इन्धनको आवश्यकता रहेको भन्दै महासचिवले त्यसको तत्काल आपूर्तिका निम्ति आग्रह गरेका छन् ।