arrow

राष्ट्रिय पारा खेलाडीहरूको साथमा एनसेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २९ सोमबार
ncell-para-sports-person.jpg

काठमाडौँ। यही कार्तिक ०५ गते देखि ११ गतेसम्म चीनको हृङजाओ सहरमा हुन गइरहेको चौथौँ पारा एसियन गेट्समा देशको प्रतिनिधित्व गर्दै सहभागी हाम्रा सबै राष्ट्रिय पारा खेलाडीहरूलाई एनसेल ऐतिहासिक सफलताको शुभकामना व्यक्त गर्दछ।  आफ्नो ब्राण्ड थिम ‘हामी तपाईँकै लागि‘ अन्तर्गत राष्ट्रिय पारा टिमसँग आबद्ध हुन एनसेल अत्यन्तै गौरवान्वित छ।

पारा एसिएन गेम्स २०२२ मा विभिन्न १० वटा खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने राष्ट्रिय पारा टिमका खेलाडी तथा प्रशिक्षकलाई एक बिदाइ कार्यक्रम आयोजना गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले सफलताको शुभकामना व्यक्त गरे।

एनसेलले देश तथा विदेशमा नेपाललाई प्रतिनिधित्व गर्ने हाम्रा राष्ट्रिय पारा खेलाडीहरूको सहयोगार्थ सम्पूर्ण पारा खेलाडीहरूको सिप विकास र प्रशिक्षणका लागि राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालसँग सहकार्य गरेको छ । यस वर्ष पारा एसियन गेट्समा विभिन्न १० खेलका विधामा हाम्रा १९ जना पारा खेलाडीहरू आफ्नो देशको लागि खेल्नेछन्। एथलेटिक्स, ब्याडमिनटन, साइकलिङ, पौडी, टेक्वान्दो, जुडो, पावर लिफ्टिङ, सुटिङ र टेबलटेनिस खेलमा नेपाल सहभागी हुनेछ। 

देशको विभिन्न कुनाबाट, थुप्रै चुनौतीहरू पार गदै आफ्नो सपना प्रति दृढ विश्वासका साथ अधि बढेका हाम्रा पारा खेलाडीहरू अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिनिधित्व गर्दै छन्। आफ्नो खेल प्रतिको उहाँहरूको लगनशीलता र इच्छाशक्तिको एनसेल हार्दिक सम्मान गर्दछ। यही विश्वासलाई अझै एक बलियो साथ प्रदान गदै एनसेलले पारा खेलाडीहरूको समग्र विकास र आवश्यक प्रशिक्षण कालागि एनपीसीसँग सहकार्य गरेको छ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘आज हामी सबैको लागि यो एक गर्वको क्षण हो। हाम्रा पारा खेलाडीहरू हौसला र साहसका एक उदाहरण र प्रेरणाका स्रोत हुन्। भिन्न क्षमता भएका वर्गहरूलाई सम्मान गर्दै उहाँहरूको सपनालाई साथ दिएर अधि बढाउन सहयोग गर्न एनसेल सदैव तत्पर छ। एनसेल र एनपीसीको यो सहकार्यले धेरैभन्दा धेरै पारा खेलाडीहरूको विकासमा सहयोग पुर्‍याउने विश्वास लिएका छौ’। 

‘देशका विभिन्न कुनामा रहेका हाम्रा पारा खेलाडीहरूको समग्र विकास र तालिमको लागि एनसेलसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौ। पारा खेलाडीहरूको लागि भएको यो पहिलो सहयोग हो र हामी यस किसिमको पहलको लागि एनसेललाई धेरै धन्यवाद दिन चाहन्छौ । हाम्रो यो सहकार्य हाम्रा पारा खेलाडीहरूको हौसला र प्रत्येक खेलाडीहरूमा रहेको आत्म विश्वासको उपज हो र यस सहकार्यलाई थप प्रभावकारी बनाउँदै हाम्रा खेलाडीहरूको मनोबल सदैव उच्च हुने गरी काम गर्न हामी तत्पर छौ,’ ओम नाथ शिवाकोटी, कोषाध्यक्ष (राष्ट्रिय पारालम्पिक कमिटी)।

‘हाम्रा सपनाहरू ठुला छन् र यी सपनाहरू साकार पार्न दृढ सङ्कल्पको हामीमा कमी छैन। हामी जस्ता खेलाडीहरूको सहयोगको लागि एनसेल एनपीसीको सहकार्यले हामीलाई अझै उत्साहित बनाएको छ र पारा एसियन गेम्सको लागि हामी तयार छौ, साङबु भोटे,’  पारा एथलिट (१०० मिटर र ४०० मिटर एथलेटिक्स)। 

‘जहाँ इच्छा त्यहाँ उपाय भन्ने भनाइ प्रति म साँच्चै विश्वास गर्दछु र यसै विश्वासकारसाथ यस यात्रामा अघि बढेको छु । यस अघि हामी जस्ता भिन्न क्षमता भएका खेलाडीहरूको लागि एनपीसी मात्र थियो भने अहिले एनसेल हाम्रो इनेब्लरको रूपमा हाम्रो क्षमता विकासको लागि सहयोग गर्न आउनु भएको छ र यसले हाम्रो हौसला र सङ्कल्प दुवै प्रगाढ भएको छ,’ जेनिशा कडायत (पारा पौडी खेलाडी)। 

‘विभिन्न कठिनाइहरू र प्रतिकूलताबाट हामीलाई राष्ट्रिय स्तरको खेलाडी बनाउन एनपीसीको महत्त्वपूर्ण योगदान छ। हामी जस्ता भिन्न क्षमता भएका खेलाडीहरूको विकासका लागि एनसेल आबद्ध भएकोमा हामी अब यो यात्रामा एक्लै छैनौ भन्ने हाम्रो विश्वास छ र पारा एसियन गेम्सको लागि देशको प्रतिनिधित्व गर्न पाएकोमा हामी पारा खेलाडीहरू एकदमै खुसी छौ,’ हिमाल अर्याल (पारा सुटिङ खेलाडी)। 

‘हामी सबै पारा खेलाडीहरूको आ–आफ्नै अनुभवहरू छन् र यस अनुभवले हाम्रो सपना प्रतिको दृढ सङ्कल्प उजागर गर्दछ। यसै भरोसा र विश्वासलाई हातेमालो गर्दै पारा एसिएन गेट्समा इतिहास रच्ने आशाका साथ नेपालको प्रतिनिधित्व गर्दै छु,’ दिगम सिङ चेम्जोङ (पावर लिफ्टिङ)। 

चौथौँ पारा एसियन गेम्स यही कार्तिक ०५ गते देखि ११ गतेसम्म चीनको हृङजाओ सहरमा हुन गइरहेको छ र यस खेलको लागि नेपालको प्रतिनिधित्व गदै नेपालका राष्ट्रिय पारा खेलाडी आज राती हृङजाओ प्रस्थान गदै छन्। यस एसिएन गेम्सको लागि चिफ–डि–मिसनको रूपमा एनपीसिका कोषाध्यक्ष ओमनाथ शिवाकोटी रहेका छन्। एसियन गेम्स २०२२ एक प्रतिस्पर्धा मात्र नभई हाम्रा राष्ट्रिय पारा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा खेल खेल्न सक्छन् भनेर प्रमाणित गर्ने एक महत्त्वपूर्ण प्लेटफर्म पनि हो। हाम्रा असाधारण क्षमता भएका राष्ट्रिय खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक जितको शुभकामना व्यक्त गर्दछौ, एनसेल हामी तपाईँकै लागि।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ