पाँचखालमा दुईपाङ्ग्रे जुधेको ठाउँमा हुइँकिएर आएको टिपरले किच्यो, सडक अवरुद्ध
सरोजश्री अधिकारी,
प्रकाशित २०८० असोज २८ आइतबार
1.9k
Shares
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल ६ चामुण्डा पम्प अगाडि सडक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुई दुईपाङ्ग्रे सवारी जुधेर सडकमा लडेको अवस्थामा टिपरले किचेर मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।
शुरुआतमा बा ७२ प ९७६२ नं को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा प्र०२–०२४ प २५०१ नं को स्कुटर जुधेकामा सोही बेलामा पाँचखालबाट धुलिखेलतर्फ आउदै गरेको बा प्र०१–००४ क २३२८ नम्बरको टिपरले मोटरसाइकल चालकलाई किचेपछि उनको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुने पाँचखाल ६ का ५० वर्षीय नारायण तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।