दुई वर्ष नाघेका मुद्दालाई बाँकी रहन नदिने लक्ष्य [भिडियो]
न्यायपालिका सुधारोन्मुख : प्रधानन्यायाधीश श्रेष्ठ
हाम्रा कुरा
प्रकाशित २०८० असोज २८ आइतबार
655
Shares
काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले दुई वर्ष नाघेका मुद्दालाई बाँकी रहन नदिने लक्ष्यका साथ अदालतहरू क्रियाशील रहेको बताएका छन्।
आइतबार उच्च अदालत पाटनको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिका सुधारोन्मुख भइरहेको बताएका छन् ।
प्रधानन्यायाधीश श्रेष्ठले सामूहिक प्रतिबद्धता, जिम्मेवारीप्रतिको समर्पण, लक्ष्यप्रतिको दृढ सङ्कल्प र मेहनतले न्यायपालिकामा सुधारका स्पष्ट सङ्केतहरू समेत देखा पर्न थालेको उल्लेख गर्दै त्यस कार्यमा संलग्न सबै पक्षप्रति आभार व्यक्त गरे ।
छिटो, छरितो र गुणस्तरीय न्याय सम्पादन तथा सेवा प्रवाह एवं सुशासन र जनआस्था अभिवृद्धिलाई केन्द्र बिन्दुमा राखेर न्यायपालिका सुधारको अभियानमा अग्रसर भइरहेको उनको दाबी थियो ।