नौ महिनाभित्र दश ओटा विमान किन्ने मन्त्री किराँतीको घोषणा
हाम्रा कुरा
प्रकाशित २०८० असोज २८ आइतबार
593
Shares
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नौ महिनाभित्र १० ओटा विमान खरिद गर्ने बताएका छन् ।
आइतबार नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले कालोबजारी नियन्त्रणका लागि बुझाएको ज्ञापनपत्र बुझ्दै उनले चालु आर्थिक वर्षमा १० वटा विमान खरिद गर्ने जानकारी दिएका हुन् ।
नेपाल वायुसेवा निगमको विमान थपेर भाडादरमा देखिएको विसंगति हटाउन पनि विमान थप्नुपर्ने भएकाले खरिद गर्न लागेको उनको भनाइ छ । दशैँअघि नै विमान खरिद प्रक्रिया अगाडि बढाउने उनले जानकारी दिए ।