arrow

दक्षिण एसियाको सवारी जोखिम खर्चले विश्वलाई एक दशक खान पुग्छ 

logo
डा बद्रीप्रकाश ओझा,
प्रकाशित २०८० असोज २७ शनिबार
badri-ojha-2080-06-27.jpg

सन् २०२३ मा दक्षिण एसियाको जनसंख्या दुई अर्ब नाघेको छ । उक्त जनसंख्या विश्वको जनसंख्याको २५.२ प्रतिशत रहेको संयुक्त राष्ट्रसंघको तथ्यांक छ । 

विश्वमा सबैभन्दा कम शहरीकरण भएको क्षेत्र पनि दक्षिण एसिया नै हो । यहाँको शहरी जनसंख्या सम्पूर्ण जनसंख्याको ३८.८३ प्रतिशत छ । 

दक्षिण एसियाको आर्थिक वृद्धिदर पनि विश्वमा सबैभन्दा बढी छ । जसमा सबैभन्दा बढी माल्दिभ्सको ६.५ प्रतिशत,  भारतको ६.३, नेपालको ३.९ र पाकिस्तान तथा श्रीलंकाको सबैभन्दा कम १.७ रहने विश्व बैंकको अनुमान छ । 

विश्वको आर्थिक वृद्धिदर सन् २०२३ मा १.७ र २०२४ मा २.७ पुग्ने अनुमान छ । विश्वमा दैनिक एक अर्ब २० करोड सवारी साधन प्रयोग गरिन्छन् । विश्वमा दैनिक सात करोड पटक सडक सवारी यात्रा हुन्छ । 

एउटा यात्राको औसत समय १५ मिनेटको रहन्छ भने औसत १५ किलोमिटर दूरी पार गरिन्छ । यसैगरी दैनिक विश्वमा औसत सवारी साधनको गति प्रतिघन्टा ३० किलोमिटर रहेको छ । औसत रुपमा एक जना मानिसले साढे चार वर्ष सवारी साधनमा बिताउँछ । 

विश्वमा सबैभन्दा बढी गाडी दर्ता गर्ने मुलुकमा सानो टापु राष्ट्र जिब्राल्टार पर्दछ । त्यस देशमा प्रति हजार जनसंख्यामा १४ सय ४४ वटा सवारी साधन दर्ता भएका छन् । त्यस्तै ठूला देशका मानिसमध्ये सबैभन्दा बढी गाडी चढ्ने अमेरिकीहरु हुन् । 

अमेरिकामा हरेक हजार जनसंख्यामा नौ सय आठ वटा सवारी साधन दर्ता भएको पाइन्छ । त्यस मुलुकमा सन् २०२३ सम्ममा ३० करोडभन्दा बढी सवारी साधन दर्ता भएका छन् । 

दक्षिण एसियाली मुलुकहरुमध्ये सबैभन्दा बढी प्रतिव्यक्ति गाडी जोड्नेहरु माल्दिभ्सका नागरिक पर्दछन् । सन् २०२२ सम्ममा उक्त मुलुकमा करिब एक लाख ३० हजार सवारी साधन दर्ता गरिएका छन् । 

उक्त देशमा प्रतिहजार जनसंख्यामा दुई सय ४१ वटा गाडी पर्दछन् । त्यसपछि क्रमशः श्रीलंकामा प्रतिहजार मानिसमा एक सय ५७, भुटानमा प्रतिहजार जनसंख्यामा एक सय ५० र नेपालमा हजार जनामध्ये एक सय १३ ले गाडी किन्छन् । 

अफगानिस्तान, भारत, पाकिस्तान र बंगलादेश यस मामिलामा पछाडि छन् । अफगानिस्तानमा प्रतिहजार जनामा ६१, भारतमा ५९, पाकिस्तानमा २९ र बंगलादेशमा प्रतिहजारमा २७ जनाले गाडी खरीद गर्दछन् । 

विश्वमा प्रयोग हुनेमध्ये १० प्रतिशत सडक सवारी साधनमात्र दक्षिण एसियामा प्रयोग हुन्छन् । 

तर यस्ता सवारी साधनबाट ज्यान जोखिममा पर्ने क्रम भने दक्षिण एसियामा २५ प्रतिशत रहेको छ । 

दक्षिण एसियाको पूर्वी भागमा पर्ने मुलुकहरु भुटान, भारत, नेपाल र बंगलादेशले आफ्ना सडकहरुलाई सुरक्षित पार्नका लागि आगामी एक दशकमा एक सय १८ अर्ब अमेरिकी डलर खर्च गर्नुपर्दछ । 

यदि यसो भएमा सडक जोखिममा हुने खर्चमा ठूलौ कटौती भइ समग्र क्षेत्रमा एक हजार दुई सय अर्ब अमेरिकी डलर बचत हुने विश्व बैंकले हिसाब गरेको छ । 

उक्त रकम यस क्षेत्रको कूूलगार्हस्थ उत्पादनको ३.७५ प्रतिशत हो । उक्त रकमले दक्षिण एसियाको मात्र नभइ विश्वको जनसंख्यालाई एक दशक खान पुग्छ । त्यो पनि चानचुने होइन, अमेरिकी ‘स्ट्यान्डर्ड’ को खाना खान पुग्छ ।  

अमेरिकी खाद्य तथा औषधि विभागको अध्ययनअनुसार सन् २०२३ मा एक जना अमेरिकीले सरदर ११.०४ डलर खर्च गर्दा एक दिन खान पुग्छ । 

हाम्रो मुद्रामा हिसाब गर्ने हो भने पनि यो रकम १४६९ रुपैयाँ हो । यो रकमले नेपालमा पनि दिनमा चार पटक राम्रो चिया, एक पटक राम्रै खाजा र बिहान बेलुका मासुभात खान पुग्छ । 

महिनावारी रुपमा भन्ने हो भने यो रकम एउटा सरकारी अधिकृतले पाउने २९ दिनको तलब बराबर हो । 

उसले पनि यही रकममा कमसेकम दुई वा तीन जनाको परिवार पालेको हुन्छ । 

यसरी एक सय १८ अर्ब डलर खर्चेर अरु एक हजार ८२ अर्ब डलर जोगाउने काममा यस क्षेत्रका देशहरुले किन महत्व नदिएका होलान्् ? यसबारे जनस्तर कहिले आवाज उठ्ला ?


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ