arrow

एमाले मधेस प्रदेश सदस्य हुन शिक्षकको मनोनयन 

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०८० असोज २६ शुक्रबार
manishankar-nidhi-2080-06-26.jpg

रौतहट । शिक्षा नियमावली र कानून विपरीत एक बहालवाला शिक्षकले एमाले मधेस प्रदेश अधिवेशनमा मधेस प्रदेश सदस्य पदको लागि मनोनयन दर्ता गरेका छन् । 

रौतहटको राजपुर नगरपालिका सरस्वती सदन आधारभूत विद्यालयमा कार्यरत शिक्षक मणिशंकर निधी (प्रावि द्वितीय) ले जनकपुरधाममा जारी मधेस प्रदेश अधिवेशनमा मधेस प्रदेश सदस्य खुल्ला तर्फबाट आफ्नो उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् । 

प्रस्तावक रुपेश पटेल र समर्थक सन्तोषकुमार साहको समर्थनमा एमएस निधीको नामले आफ्नो उमेदवारी दर्ता गरेका शिक्षक मणिशंकर निधीले नेकपा एमालेबाट बिसं २०४७ सालमा पार्टी सदस्यता लिएका थिए । 

सदस्यता नं १०४९८ नम्बरको पार्टी सदस्य कायम रहेका बहालवाला शिक्षक निधी यसअघि नेकपा एमालेको मधेस प्रदेश कमिटीको सचिवालय सदस्यसमेत रहेका थिए । 

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) अनुसार सङ्घीय, प्रदेश र स्थानीय सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक र कर्मचारीको पदमा बहाल रहेको व्यक्ति राजनीतिक दलको सदस्य हुन नसक्ने व्यवस्था हुँदाहुँदै पनि निज शिक्षक देशको कानून विपरीत राजनीतिक दलको सदस्यता नत्यागी लामो समयदेखि राजनिमा सक्रिय हुँदै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ