arrow

राष्ट्रपति पौडेलको औपचारिक वैदेशिक भ्रमण जर्मनीबाट

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २६ शुक्रबार
ramchandra-poudel-president-always.jpg

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो पहिलो औपचारिक विदेश भ्रमण जर्मनीबाट शुरु गर्ने भएका छन् । 

 राष्ट्रपति रामचन्द्र पौडेल जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणमा आगामी महिना जर्मनीको भ्रमणमा जाँदै छन् । 

जर्मनीको एकीकरण तथा जर्मनी-नेपाल सम्बन्धको ६५औँ वार्षिकोत्सवका अवसरमा बिहीबार साँझ काठमाडौँमा आयोजित स्वागत समारोहमा नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्जले सो कुरा बताएका छन् । 

राजदूत प्रिन्जले जर्मनीका जनता राष्ट्रपति पौडेललाई आफ्नो भूमिमा स्वागत गर्न आतुर रहेको बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ