arrow

युद्धकाबीच इजरेल आइपुगे अमेरिकी विदेशमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २६ शुक्रबार
antony-blinken-usa.jpg

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन अधिकारीहरूसहितको एक टोलीसँगै बिहीबार तेल अविव पुगेका छन् । 

 गत शनिबार हमासले आक्रमण गरेपछि इजरेल र हमासबीचको जारी युद्धका बीच उनको यो भ्रमण भएको हो । 

विदेशमन्त्री ब्लिङ्केनसँग रहेका अमेरिकी अधिकारीहरूमा उनका सल्लाहकार डेरेक चोलेट, उनका डेपुटी चिफ अफ स्टाप टम सुलिभान, विदेश मन्त्रालयका प्रवक्ता माथ्यु मिलर, निकट पूर्वीमामिला सहायकमन्त्री बार्बरा लिफ, प्यालेस्टिन मामिलाका विशेष प्रतिनिधि ह्याडी आमर र बन्धक मामिलका लागि राष्ट्रपतिका उपविशेष दूत स्टिभ गिलन छन् । 

आफ्नो भ्रमणका क्रममा विदेशमन्त्री ब्लिङ्केनले इजरेली प्रधानमन्त्री बेन्यामिन नेतान्याहु, ब्रिगेडियर जनरल गल हिर्स्च र अन्य इजरेली अधिकारीहरूसँग बैठक गर्नेछन् । 

इजरेलको भ्रमण सकिएपछि उनले जोर्डनका राजा अब्दुल्लाह र प्यालेस्टिनी राष्ट्रपति मोहमुद अब्बाससँग अम्मानमा भेट गर्नेछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ