arrow

नरेन्द्र मोदीले गरे कैलाश दर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २५ बिहिबार
narendra-modi-parwati-kunda-2023.jpg

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कैलाश दर्शन गरेका छन् । बिहीबार बिहान उत्तराखण्डको पिथौरागढमा कैलाश भ्यु पोइन्टबाट उनले आदि कैलाशको दर्शन गरेका हुन् । 

यो भ्यु पोइन्ट जोकिंगकोंग इलाकामा छ जहाँबाट कैलाश पर्वत हेर्न सकिन्छ । यो क्षेत्रलाई नेपालले आफ्नो भूमि दाबी गरिरहँदा भारतले पहिलेदेखि नै उपयोग गरिरहेको छ । 

यो कालापानी क्षेत्र समेटेर नेपालले नक्सासमेत जारी गरिसकेको छ । 

मोदी बिहान कुटीस्थित जोलिङ्काङ उत्रिएका थिए । मोदीले यो क्षेत्रबाट कैलाश दर्शन गरेपछि चीनको तिब्बत जाने जरुरी पर्ने छैन । 

मोदीले पार्वती कुन्ड नजिक ध्यान लगाएर पूजासमेत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ