arrow

जिप्रका इलाम अब्बल बन्नुपर्ने भन्दै क्यूआर कोडको अभ्यास 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २४ बुधबार
ilam-cdo.jpg

इलाम । प्रविधिअनुसार सरकारी कार्यालय सञ्चालन हुन नसकेको गुनासो भइरहँदा जिल्ला प्रशासन कार्यालय इलामले भने क्यूआर कोडमार्फत सेवाग्राहीको सुझाव सङ्कलन शुरु गरेको छ । 

कार्यालयले प्रदान गर्ने सेवा, गर्नुपर्ने सुधारलगायत विषयमा सेवाग्राहीको सुझाव सङ्कलन शुरु गरेको हो ।

सेवा प्रवाहका बारेमा नागरिकको धारणा, सन्तुष्टिको स्तर, सुझाव सल्लाहका साथै सुधार गर्नुपर्ने पक्षलगायतका बारेमा क्यूआर कोडमार्फत सुझाव सङ्कलन गर्न शुरु गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताए । 

सेवा प्रवाहमा सरकारी कार्यालय पनि अब्बल बन्नुपर्ने भन्दै क्यूआर कोडको अभ्यास शुरु गरिएको उनको भनाइ थियो । 

“सेवाग्राहीले आफ्नो मोबाइलबाट क्यूआर कोड स्क्यान गरी दिइएका प्रश्नमा गई आफ्ना धारणा व्यक्त गर्न सक्नेछन्”, प्रजिअ पोख्रेलले भने, “क्यूआरमार्फत कार्यालयबाट प्रवाह हुने सेवाको प्रकार, सेवा प्राप्त गर्न लागेको समय, कर्मचारीको व्यवहार, अतिरिक्त रकम तिर्नु परे-नपरेको अवस्थालगायत विषयमा प्रश्न समेटिएका छन् ।”

उनका अनुसार कार्यालयबाट सेवा प्राप्त गर्न सकिएन भने त्यसको कारणसमेत जान्न पाएको वा नपाएकोसम्मको जानकारी लिन सकिने छ । यो कार्य जिल्लाकै लागि पहिलो अध्यास भएको पोख्रेलले बताए । 

उनले सेवाग्राहीलाई छिटोछरितो रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले यो कार्यको थालनी गरिएको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ