कांग्रेसले कोशीमा उद्धव थापाकै नेतृत्वमा सरकार बनाउने
हाम्रा कुरा
प्रकाशित २०८० असोज २३ मंगलबार
3k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाली कांग्रेसले कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमै सरकार बनाउने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवा निवास धुम्बराहीमा मंगलबार बसेको पार्टीको पदाधिकारी, पूर्वपदाधिकारीसहित नेताहरुको बैठकले कोशी प्रदेशमा संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमै सरकार बनाउने र यसका लागि आवश्यक पहल गर्ने निर्णय गरेको हो ।
राप्रपाको सहयोग लिएर थापाको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार थापाको नेतृत्वमा सरकार बनाउने विषयमा पार्टीभित्र मतभेद छैन ।
कोशीमा संविधानको धारा १६८ को ५ अनुसार सरकार बनाउन शुक्रबारसम्म नाम दिनुपर्नेछ ।