काठमाडौँ । सरकारले इजरेलमा भएको आक्रमणमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ ।
मन्त्रिपरिषद् बैठकले मंगलबार राष्ट्रिय शोकको घोषणा गर्नुका साथै मृतकका परिवारलाई जनही १०–१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने घोषणा गरेको संचार मन्त्री रेखा शर्माले बताइन् ।
त्यस्तै इजरेलमा रहेका तथा स्वदेश आउन चाहने सबै नेपालीलाई ल्याउने निर्णय पनि गरेको उनको भनाइ छ।
इजरेलमा गत शनिबार बिहान प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा परी १० जना विद्यार्थीको ज्यान गएको छ।