arrow

भद्रकालीमा सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १९ शुक्रबार
accident-final-1618290232.jpg

काठमाडौँ । नेपाली सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको छ । भद्रकाली नजिकै सभागृह मोडमा नेपाली सेनाको  ट्रकले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको हो। 

बिहीबार बेलुकी साढे ७ बजे काठमाडौँ महानगरपालिका–२८ स्थित भद्रकाली नजिकै सभागृह मोडमा सेनाको प्र–३–०१–००१ ग ३७०५ नम्बरको ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको हो । 

सेनाका हुद्दा महोमद नुरेन देवानले चलाएको ट्रकले बा।प्र –०२–०१८ प ९२७७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ताहाचल बस्ने ३२ वर्षीया आकृति शर्माको मृत्यु भएको हो । 

ठक्करबाट घाइते भएपछि उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएकामा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । बिहीबार राति ट्रकले ठक्कर दिएको थियो भने उनको मृत्यु पनि बिहीबार राति नै उपचारका क्रममा भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ