arrow

बाजे बज्यैदेखि नातिनातिनासम्म सगोल परिवारमा रहने आदर्शको महत्त्व बुझ्न राष्ट्रपतिको सन्देश

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १४ आइतबार
senoir-citizen.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ज्येष्ठ नागरिकको संरक्षकत्व प्राप्त गरी बाजे बज्यैदेखि नातिनातिनासम्म सगोल परिवारमा रहने पूर्वीय दर्शनमा आधारित आदर्श परिवारको महत्त्व बुझ्न र बुझाउन आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षा शुभकामना सन्देशमा व्यक्त गरेका छन् ।
 
तेत्तिसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उनले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई अन्तर पुस्तान्तरण गरी अत्यधिक उपयोग गर्न सके आर्थिक समृद्धि तथा सामाजिक सदस्यता कायम गर्न ठूलो सहयोग मिल्ने विश्वास व्यक्त गरे । 

देशका युवा शक्ति अध्ययन र रोजगारीका लागि विदेशिएका र घर-घरमा ज्येष्ठ नागरिक मात्र बाँकी रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकको अधिकारको संरक्षण, हित र कल्याणका लागि अब राज्य स्तरबाटै सोच्ने बेला भइसकेको छ भने ।

ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, मर्यादित र सुखमय बनाउन सबैमा आह्वान गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ज्येष्ठ नागरिकको सुस्वास्थ्य, दीर्घायु एवं सम्मानित जीवनको कामना समेत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ