सल्यानमा जीप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८० असोज ८ सोमबार
793
Shares
तुलसीपुर । सल्यानमा तरकारी बोकेको जीप दुर्घटनामा परेको छ । जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार मृतकको पहिचान हुन सकेको छैन ।
रोल्पाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ च १०२५ नम्बरको ‘सिंगल क्याप’ जीप आज बिहान कपुरकोट गाउँपालिका ३ चोरखोला नजिक सेतापैरामा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए ।
जीप सडकबाट साढे तीन सय मिटर तल खसेको थियो । दुर्घटनामा एक जना घाइते भएका छन् ।
घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।