arrow

सेनाको विमानबाट राष्ट्रपति जनकपुरधाम जाँदै, ३ बजे काठमाडौँ फर्किने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ८ सोमबार
ramchandra-poudel-president-always.jpg

काठमाडौं। नेपाली सेनाको विमानबाट  राष्ट्रपति रामचन्द्र पौडेल आज जनकपुरधाम भ्रमणमा जादैछन् । सेनाको विमानबाट राष्ट्रपति पौडेल काठमाडौँबाट ८: ४० बजे जनकपुर विमानस्थल पुग्नेछन् । 

राष्ट्रपति पौडेलको जनकपुरधाममा जानकी मन्दिरमा विशेष पूजाअर्चना र महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।   उनलाई जनकपुर विमानस्थलमा मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, सङ्घीय सांसद, नगरप्रमुख तथा सुरक्षा निकायका प्रमुखले स्वागत गर्नेछन् । 

राष्ट्रपति पौडेल विमानस्थलबाट सिधै जानकी मन्दिरका लागि प्रस्थान गर्नेछन् र पूर्वी ढोकाबाट जानकी मन्दिर प्रवेश गर्नेछन् । त्यहाँ जानकी मन्दिरका मूल महन्त रामतपेश्वर दाससहित प्रदेशका मन्त्री तथा सांसदले स्वागत गर्नेछन् ।

आधा घण्टा जानकी मन्दिरमा बिताउँदा राष्ट्रपति पौडेलले सो क्रममा जानकी माताको विशेष पूजाअर्चना, अखण्ड दीप प्रज्वलन गर्नुका साथै सीता माताको माइती घर दर्शन, अखण्ड कीर्तन दर्शन र महन्तको कक्षमा प्रसाद ग्रहण तथा छोटो विश्राम गर्ने कार्यक्रम रहेको छ ।

जानकी मन्दिरमा पूजाअर्चना पश्चात् प्रदेश प्रमुख, सभामुखसँग जलपान र नेपाल राष्ट्र बैङ्कको अतिथि निवासमा विश्राम तथा दिवा खानाको कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेलले दिउँसो १ बजे महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । समुद्घाटन कार्यक्रम पश्चात् सोही सभाहलमा जनकपुरधाम उपमहानगरपालिकाका तर्फबाट राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन समारोहको आयोजना गरिने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेल दुवै कार्यक्रम पश्चात् अपराह्न ३ बजे काठमाडौँ फर्किनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ